Logo

विराटनगर भन्सारमा बरामत भएका समान लिलामी नहुँदा कराेडाैँ राजस्व गुम्दै

                     
Logo 2020-09-15 02:09     अभिमन्यु अभिजित

13

रानी भन्सार । विराटनगर । तस्वीर फाइल ।

विराटनगर । भदौ ३०

मोरङको विराटनगर भन्सार कार्यालयले गएको माघसम्म तस्करीका क्रममा बरामद भएका ७० लाख मूल्य बराबरको मालवस्तु लिलाम गर्न सूचना प्रकाशित गरेको थियो । बरामत भएका लत्ताकपडा, मोटरपार्ट, पार्टपुर्जा तथा मेसिनरी, खाद्य सामग्री आदि वस्तु लिलामी गर्न सूचना प्रकाशित गरेपनि उक्त वस्तु खरिद गर्न कसैले चासो नदिएपछि राजश्व असुलीमा समस्या परेको छ।

माघभन्दा अघि पनि भन्सारले ती वस्तु लिलामी गर्न खोजेपनि त्यतिबेला पनि खरिदकर्ताको अभावले सामाग्री गोदाममै थन्किएपछि माघमा मूल्य घटाएर पुनः सूचना गरेको थियो तर लिलाम कसैले नसकारेको भन्सारले जनाएको छ।

विगतकै बर्षदेखि प्रहरीले बरामद गरेर बुझाएका करोडौं मूल्यका सामग्रीहरु लिलाम नभई थन्किएका छन् भने कतिपय सामान काम नलागाने भएका छन् । लिलामको सूचना बारम्बार जारी गरेपनि खरिदकर्ताको चासो नहुँदा करोडौं मूल्यको वस्तु बिक्री नभई गोदाममा थन्किएको छ।

विराटनगर भन्सारका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार माघपछि बरामद भएका वस्तुको मूल्यांकन र लिलामीको प्रक्रिया भने अहिलेसम्म अघि बढेको छैन । कोरोना भाइरस संक्रमणका कारण अहिले लिलामी प्रक्रिया अघि नबढेको उनले बताए ।

भन्सार गोदाममा सयौं प्रकारका वस्तुहरु लिलाम नभई थन्किएको छ । त्यसमध्ये खाद्यान्न र कपडा सबैभन्दा धेरै रहेको भन्सार कार्यालयका मुद्दा शाखाका नायव सुब्बा हिमालय दाहालले जानकारी दिएका छन् । भारतीय बजारबाट चोरीका क्रममा बढी कपडा र खाद्यान्न आउने पनि उनले जानकारी दिए।

अटो लिक्सा, इ रिक्सा तथा जीप हरू पनि बरामद भएर भन्सारमा थुप्रिएको बर्षौं भयो। लिलामीका लागि बढाबढ मूल्य राखेर सूचना गरिन्छ। सबैभन्दा बढी मूल्य जसले हाल्छ उसलाई दिइन्छ तर लिलामीका लागि खासै कोही आएका छैनन्। आएकाहरू पनि मापदण्डभन्दा थोरै मूल्य राखेर लिलामीको सूचना दिने गरेको भन्सारले जनाएको छ। बार्षिक रूपमा ३ करोडभन्दा बढी राजस्व संकलन हुने गरेकोमा केही बर्षदेखि यो क्रम रोकिएकोले राजश्वमा लक्ष्य प्राप्त हुन छोडेको हो। भन्सारको गोदाममा सामान न आँट्ने अवस्था आएको भन्सार प्रमुख भण्डारीले जानकारी दिए।

https://youtu.be/kHsa0na7jks


लोकप्रिय छुटाउनुभयो कि ?