
मोरङको विराटनगर महानगरपालिका-११ का वडाध्यक्ष तीर्थ न्यौपाने कोरोना संक्रमित भएका छन् ।
गत आइतबार संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएकोमा हिजो सोमबार उनको नतिजा पोजिटिभ देखिएको हो ।
संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका उनले आफूमा कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् ।।।