Logo

कोसी अस्पतालमा सशुल्क परीक्षणको दर न्यून

                     
Logo 2020-09-15 10:09     Hamro Biratnagar

13

विराटनगर, भदौ ३०

 

गत असार ३० गतेदेखि सशुल्क कोरोना परीक्षण सुरु गरेको मोरङको विराटनगरस्थित कोसी अस्पतालमा भदौ २८ गतेसम्म एक हजार चार सय ६१ जनाले कोरोना परीक्षण गराएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका बिरामीले नि:शुल्क स्वाब परीक्षण गराउँदा सशुल्क परीक्षणका लागि दैनिक १० देखि १५ जना मात्र आउने गरेका छन् ।

सरकारले हिजो सोमबारबाट परीक्षणको शुल्क आधा घटाएकाले अब सशुल्क परीक्षण बढ्न सक्ने उनको अनुमान छ ।।।


लोकप्रिय छुटाउनुभयो कि ?