Logo

दुई हजार रुपैयाँमा नोवेल कोरोना भाइरस परीक्षण गर्न नसकिने : निजी प्रयोगशाला ( विज्ञप्ति सहित )

                     
Logo 2020-09-14 07:09     Hamro Biratnagar

13

२९ भदौ, विराटनगर ।

प्रति व्यक्ति दुई हजार रुपैयाँमा कोरोना भाइरस परीक्षण गर्न नसकिने निजी प्रयोगशालाहरूले जनाएको छ ।

सोमबार जारी गरेको विज्ञप्तिमा पीसीआर परीक्षण विधि, किट, प्राविधिक व्यक्तिको तलब, पीपीई लगायतका सामग्रीको लागत दुई हजार रुपैयाँ भन्दा बढी पर्ने दाबी गर्दै, दर तोक्ने बेलामा आफूहरूसँग सल्लाह नगरेको गुनासो गरेको पाइन्छ ।

विज्ञप्तिमा १४ जनाले हस्ताक्षर गरेको छ ।"‘सरकारले तोकेको दुई हजार शूल्कमा कोरोना परीक्षणको ल्याब खर्च नउठ्ने देखिएकाले पुरानै शूल्क रु.४४ सयमा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्दै दुई हजारमा परीक्षण गराउन नसक्ने कुरा जानकारी गराउँदछौं "।

विज्ञप्ती

 

https://youtu.be/8j5_XNoOthA


लोकप्रिय छुटाउनुभयो कि ?