Logo

म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाउने आठ रिहा, एक पुर्पक्षका लागि थुनामा

                     
Logo 2020-09-14 06:09     Hamro Biratnagar

13

आइतबार जिल्ला अदालत काठमाडौंले पक्राउ परेका नौ जनामध्ये मुख्य आरोपी गेल्जङ दोर्जे तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।

त्यस्तै, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौर अनुसार भिडिओमा संलग्न आठ जना भने रिहा भएको र सो मध्ये तीन जना १५-१५ हजार धरौटी बुझाएर छुटेका हुन् भने अन्य साधारण तारेखमा छुटेका हुन्।

'देशद्रोही' नामको म्युजिक भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडिओ थियो।

राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।  यस मुद्दाको अन्तिम फैसला भने गर्न बाँकी छ।

https://youtu.be/8j5_XNoOthA

 


लोकप्रिय छुटाउनुभयो कि ?