Logo

देशभर एकै दिन ११ सय ७० जना संक्रमित थपिए

                     
Logo 2020-09-14 04:09     अभिमन्यु अभिजित

13

विराटनगर । भदाै २९

नेपालमा गत २४ घण्टामा ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ११ सय ७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए। योसँगै कोरोना संक्रमितको संख्या कूल संख्या ५५ हजार ३ सय २९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५३९३ रहेको छ। यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७२७५ जना रहेका छन्।

देशभरबाट पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८ सय ७९ छ। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३९ हजार ५ सय ४६ जना छन् ।

https://youtu.be/8j5_XNoOthA


लोकप्रिय छुटाउनुभयो कि ?