Logo

साेमबार विराटनगरमा १४ जना सहित प्रदेश १ मा ८७ जना संक्रमित थपिए

                     
Logo 2020-09-14 03:09     अभिमन्यु अभिजित

13

गत २४ घण्टामा प्रदेश १ भर कूल ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका १ महिला र १३ पुरुष छन्।

मन्त्रालयले जनाए अनुसार मोरङको बूढीगङ्गा नगरपालिकामा ५ महिला ८ पुरुष, कटहरी गाउँपालिकामा २ महिला १३ पुरुष, स्थानीय तह नखुलेका महिला पुरुष १/१ तथा ग्रामथान गाउँपालिकामा २ महिला ५ पुरुष, रतुवामाई नगरपालिकामा ३ पुरुष एवं जहदा गाउँपालिकाका १ पुरुष छन्।

यसैगरी सुनसरीको दुहवी नगरपालिकाका १ पुरुष, भोक्राहा नरसिंह गाउँपालिकाका १ पुरुष तथा इनरुवा नगरपालिकाका १ महिला तथा १३ पुरुष, धरान उपमनपाका २/२ महिला र पुरुष छन्। स्थानीयता नखुलेका १ पुरुष साथै इटहरी उपमहानगरपालिकाका २ पुरुष संक्रमित छन्।

उता संक्रमितमा उदयपुरमा स्थानीयता नखुलेका १ जना पुरुष छन्। झापाका कमल गाउँपालिकाका १/१ महिला र पुरुष सहित प्रदेश बाहिरका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले जनाएअनुसार सोमबार १ हजार ४ सय ८३ पिसीआर परीक्षण भएको हो। हालसम्म प्रदेशमा कूल १ लाख ९ हजार १६ जनाको परीक्षण गरिएको छ।

प्रदेशका विभिन्न आइसोलेसन केन्द्रबाट जम्मा १५ जना निको भएर घर फर्किएका छन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला ७ पुरुष तथा न्यूरो कोभिड अस्पताल विराटनगरबाट ५ महिला २ पुरुष निको भएर फर्किएका हुन्।

गत २४ घण्टामा प्रदेश भर २ जनाले ज्यान गुमाएका छन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई जना पुरुषको निधन भएको हो। कूल मृतकको संख्या प्रदेशभर ४९ जना पुगेको छ भने हाल आइसोलेसनमा उपचाररत २ हजार ७ सय दुई जना छन्। हालसम्म कूल २ हजार ७८ जनाले कोरोना जितेका छन्।

https://youtu.be/8j5_XNoOthA


लोकप्रिय छुटाउनुभयो कि ?