
विराटनगर । भदाै २९



नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्याउनुपर्ने आवाज सामाजिक सञ्जालदेखि चारैतिर उठिरहेको छ ।
त्यस्तै कलाकार दिपकराज गिरीले आज उनको पुनर्नियुक्तिको माग गर्दै बेलुका ८ बजेदेखि ५ मिनेट बत्ती निभाएर उनको पुनर्नियुक्तिका लागि जनदबाब स्वरुप बत्ती निभाएर विरोध गर्न सबैलाई आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् 'कुलमानजीको पुनर्नियुक्तिका लागि जनदवावस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गरौं ।’ गिरीको यो घोषणालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बताएका छन् ।