
विराटनगर, भदौ २९
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति लिएको बताएका छन् ।
राष्ट्रिय बाल दिवसका अवसरमा आज सोमबार शुभकामना सन्देश दिँदै उनले सुखी नेपाली,समृद्ध नेपालको राष्ट्रिय अभियानले बालबालिकाको हितमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बालबालिका देशको भविष्य रहेको बताउँदै उनले सरकार बालबालिकाको हितमा काम गर्न प्रतिबद्ध रहेको प्रष्ट पारे ।।।