Logo

अपहरणको नाटक गर्ने महिला हिरासतमा

                     
Logo 2020-09-14 10:09     Hamro Biratnagar

13

विराटनगर, भदौ २९

अपहरणको नाटक गरेको आरोपमा बाँकेको नेपालगञ्जबाट प्रहरीले एक महिलालाई गत शनिबार पक्राउ गरेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका-४, मैनवा घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-६, फुल्टेक्रामा डेरा गरी बस्ने ३३ वर्षीया आशिककुमारी चौधरीलाई बाँके प्रहरीले डेराबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकी महिलाले सानु दहितको नाममा फेसबुक आइडी बनाएर नवलपरासीका एक युवकलाई आफू २२ वर्षीया युवती रहेको र नेपालगन्ज र पोखरामा घरका साथै आफ्नो व्यापार रहेको झुठो नाटक गरेकोमा युवकलाई भेट्नुपर्ने भएपछि अपहरणमा परेको नाटक गरेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानबाट महिलाले रोमान्स गर्नका लागि फेसबुकको प्रयोग गरी झुठो बोलेको देखिएको भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।।।

https://youtu.be/8j5_XNoOthA


लोकप्रिय छुटाउनुभयो कि ?