Logo

बिमा समितिले सच्यायो नीति,निजी क्षेत्रको कोरोना रिपोर्ट मान्य हुने

                     
Logo 2020-09-14 08:09     Hamro Biratnagar

13

नेपाल सरकारको बिमा समितिले कोरोना बिमाको लाभ प्राप्त गर्न सरकारी ल्याबबाट संक्रमण पुष्टि भएको रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था संशोधन गरेको छ ।

 

व्यवस्था संशोधन भएसँगै निजी प्रयोगशालाको रिपोर्टलाई बिमा रकम भुक्तानीका लागि मान्यता दिइने भएको छ ।

निजी प्रयोगशालालाई कोरोना संक्रमण परीक्षण गर्ने अनुमति आफैंले दिएर बिमा भुक्तानीका लागि सोही रिपोर्ट अस्वीकार गर्ने विरोधाभासपूर्ण निर्णयका कारण

बिमा रकम पाउनबाट वञ्चित रहेका नागरिकले बिनाझन्झट सहजै भुक्तानी पाउने भएका छन् ।

यसका साथै अब कोरोना बिमाको सामूहिक पोलिसी मात्र जारी गर्ने नीति सरकारले लिएको छ।।।


लोकप्रिय छुटाउनुभयो कि ?