
हाम्राे विराटनगर - टप टेन टुडे श्रृंखलामा आज २०७७-०५-२८ गतेका मुख्य समाचारहरू यस प्रकारका छन्। तपाईंले आज दिन भरीका प्रमुख खबरहरू संक्षिप्तमा पढ्न सक्नुहुनेछ । गत दिवसकाे समाचार हेर्न यहाँ थिच्नुहाेस् ।



१. पूर्वराजा वीरेन्द्रको विमान नारायणहिटी भित्र्याइयो
नेपालका शाहवंशीय दिवंगत राजा वीरेन्द्र शाहले प्रयोग गर्ने गरेको एभ्रो विमान नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ । पूर्वराजाहरूले प्रयोग गरेका विमान नारायणहिटी दरबार संग्रहालयमा राख्ने रक्षा मन्त्रालयको गत वर्षको निर्णय भएकाे छ । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्
२. विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगरमा ३८ जना सहित प्रदेश १ मा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार आज ४६ जनामा संक्रमण पुष्टि भएको हो। विराटनगरमा १७ महिला २० पुरुष छन् भने धनपालथान गाउँपालिकाका दुई जना पुरुष संक्रमित थपिएका छन्। कटहरी गाउँपालिकामा एक पुरुष पनि संक्रमित भएका छन्। खोटाङको साकेला गाउँपालिकाका १ पुरुष, स्थानीयता नखुलेको उदयपुरका १ पुरुष, शिवशताक्षी नगरपालिका झापाकी एक महिला तथा प्रदेश बाहिरका एक-एक महिला र पुरुष थप भएको मन्त्रालयले सार्वजनिक गरेको छ। पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्
३. इटहरीमा बलात्कारका आरोपी पक्राउ
सुनसरीको इटहरीमा १२ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिकास्थित दोभाने घर भई हाल इटहरी उपमहानगरपालिका-५, पचरूखी चौकमा डेरा गरी बस्ने प्रतिक राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।
४. टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु
रुपन्देहीको बुटवलमा हिजो शनिबार टिपर र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-४ तौलिहवा घर भई हाल बागलुङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठ रहेको रुपन्देही प्रहरीले जनाएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।
५. फेसबुकमा हालेको फोटोको निहुँमा झडप
फेसबुकमा फोटो हालेको निहुँमा शनिबार जनकपुरधाम वडा नम्बर २० रुपैठामा दुई पक्षबीच भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । झडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो । दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताएका छन् । मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।
६. आयात-निर्यात बढेसँगै राजश्व संकलन उत्साहजनक
कोरोना महामारीका कारण लामो समयदेखि ठप्पप्राय रहेको विराटनगर-जोगबनी नाकामा आयात-निर्यात बढ्दै गएको छ । लकडाउन खुकुलो भएसँगै उद्योगधन्धा सञ्चालनमा आएकाले आयात-निर्यात वृद्धि भएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।उनका अनुसार कोरोना संक्रमणका कारण बन्द भएका उद्योगहरूले अहिले ५० देखि ९० प्रतिशत उत्पादन सुरु गरेका छन् । दसैंमा स्वास्थ्य मापदण्ड पूरा गरी बजार खोल्ने तयारी गरेको उनको भनाइ छ । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।
७. कूलमानको म्याद थप्न छोडेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा निमित्त दिने तयारी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको आइतबारबाट अनिवार्य अवकाश भएको छ। कूलमानको पुनरागमनको निकै हल्ला चलेपनि सरकारले उनको पुनर्बहाली अस्वीकार गरेको हो। कूलमानको चार बर्षे कार्यकाल आजबाट सकिएको हुँदा घिसिङले सोमबारबाट अवकाश पाउनेछन् । उर्जा मन्त्रालयले भने प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने तयारी गरिरहेको बताइएको छ पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।
८. असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेल आग्रह गरिएको जानकारी दिए। पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।
९. विराटनगरका नगर प्रहरीमा कोरोना संक्रमण
विराटनगर महानगरपालिकाका एक जना नगर प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३५ बर्षका नगर प्रहरी जवानमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालयका अनुसार नियमित ड्युटीमा खटेका ती जवानमा कोरोना संक्रमण भएकोमा उनी सेल्फ क्वारेन्टीनमा बसिरहेका छन्। उनको स्वास्थ्य सामान्य रहेको छ। पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।
१०. काेराेना संक्रमण भएका भारतीय गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना
भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहनु भएका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना भएका हुन् । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।
।। शुभ रात्रि ।।
https://youtu.be/J6lFzGrmsps