Logo

टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

                     
Logo 2020-09-13 01:09     Hamro Biratnagar

13

विराटनगर, भदौ २८

रुपन्देहीको बुटवलमा हिजो शनिबार टिपर र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-४ तौलिहवा घर भई हाल बागलुङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठ रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृतक श्रेष्ठकी सहकर्मी प्रहरी जवान सन्तोषी थारु घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।लु १ ख ८९९ नम्बरको स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनापछि टिपरका चालक फरार रहेको र टिपर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।।।

https://youtu.be/J6lFzGrmsps

 


लोकप्रिय छुटाउनुभयो कि ?