
गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विगत १२ दिनदेखि होटल सोल्टि क्राउन प्लाज्मा आइसोलेसनमा रहेका छन् ।
श्रीमती र छोरालाई समेत सोही होटलमा राखेका शाक्यले प्रतिकोठा दैनिक २० हजार रुपैयाँ पर्ने तीन ओटा कोठा बुक गरेका छन् । चिकित्सकीय सुविधा सहितका ती कोठाको प्रयोगबापत दैनिक औसत ७५ हजार रुपैयाँ खर्च हुने गरेको छ ।
१२ दिनयता होटल खर्चबापत हुन आएको करिब नौ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी गर्ने वा मेयरकै व्यक्तिगत कोषबाट भराइनेबारे यकिन जानकारी प्राप्त हुन सकेन ।
उपमेयर हरिप्रभा खड्गी तथा महानगरपालिकाका सूचना अधिकारी नमराज ढकाल दुवैले मेयरको तारे होटल बसाइबारे अनभिज्ञता प्रकट गरे । उनीहरूका अनुसार मेयर शाक्यले आफू घरमै आइसोलेसनमा रहने बताएका थिए ।
मेयर शाक्यले बोल्न नचाहेका कारण यसबारे जानकारी प्राप्त हुन सकेन ।