
विराटनगर । भदौ २८
सुनसरीको इटहरीमा १२ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिकास्थित दोभाने घर भई हाल इटहरी उपमहानगरपालिका-५, पचरूखी चौकमा डेरा गरी बस्ने प्रतिक राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
राईले गत मंगलबार बालिकालाई बलात्कार गरी परिवारलाई बताए सबैलाई सखाप पार्ने धम्की दिएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि आरोपी राईलाई पक्राउ गरिएको हो ।
अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।।।