
राजधानीको कंलकीस्थित मकालु पेट्रोल पम्प नजिकैबाट कछुवासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्लभ जातको कछुवालाई ३५ लाखमा बेच्ने योजनासहित उनीहरू एउटा कछुवा बोकेर चितवनबाट आएको जनाइएको छ ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई शनिबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तहरूमा सुर्खेत जिल्लाका २५ वर्षीय सर्वराज बुढा, नुुवाकोटका १८ वर्षीय सुुरेन्द्र श्रेष्ठ, काभ्रेका २७ वर्षीय सन्तोष रम्तेल, रौतहटका १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोटका १९ वर्षीय प्रमोद बाँस्कोटा छन्।
उनीहरूलाई हिरासतमा राखेर कारबाही अघि बढाइएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिएका छन् । उनीहरूलाई कछुवालगायत वन्यजन्तुको अवैध तस्करीसम्बन्धी वन्युजन्तु ऐनअनुसार काबाही हुने व्यवस्था रहेकाले म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।