Logo

नबिल बैंकले साइकल किन्नेलाई निर्ब्याजी लोन दिने

                     
Logo 2020-09-12 05:09     Hamro Biratnagar

13

विराटनगर । भदौ २७

नविल बैंकले साइकल किन्न रहर हुनेहरूलाई ऋण दिने भएको छ।महामारीका कारण व्यायाम हलहरू बन्द भएको र मानिस स्वास्थ्यप्रति आफ्नो स्वास्थ्यप्रति चिन्तित बन्न थालेको भन्दै बैंकले लोन दिन लागेको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिए।

उनका अनुसार यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिनुपर्नेछ।

यो योजनामा ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा तत्काल पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन।

त्रिपाठीका अनुसार ‘२ लाखभन्दा महंगो साइकल खरिद गरेमा खण्डमा २ लाखभन्दा जति धेरै हुन्छ त्यति नै डाउन पेमेन्ट गरेर खरिद गर्नुपर्नेछ।

कुनैपनि साइकलको मूल्यलाई १८ महिना भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्नुपर्ने हुन्छ। यो योजना तत्कालका लागि काठमाडौं र पोखरामा लागू गर्नेछ जसका लागि पानी पोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखरामा चालिसे एण्ड सन्ससगँ सम्झौता गरेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?