Logo

करेन्ट लाग्दा चितवनमा दुई सैनिकको निधन

                     
Logo 2020-09-12 03:09     अभिमन्यु अभिजित

13

सांकेतिक तस्वीर

विराटनगर । भदाै २७

चितवनमा दुई सैनिकको करेन्ट लागी निधन भएको छ। जिल्लाकाे शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेन्ट लागेर मृत्यु भएकाे हो।

रुखको हाँगा काट्न चढ्ने क्रममा भर्याङ चिप्लिएर तारमा ठोक्किएपछि भर्याङ समाउने सुवेदार राजुबाबु श्रेष्ठ तथा सैनिक जवान साजन कुमालको मृत्यु भएको चितवन जिल्ला प्रहरी प्रवक्ता सूर्य थापाले बताए ।

थापाकाअनुसार सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । सैनिक जवान कुमालको भने उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

दुवै जना सैनिक गोरखाका रहेकाे बताइएकाे छ ।


लोकप्रिय छुटाउनुभयो कि ?