
विराटनगर, भदौ २७



मोरङको विराटनगर महानगरपालिका-५ का वडाध्यक्ष मीनकुमार आचार्य कोरोना संक्रमित भएका छन् ।
हिजो शुक्रबार साँझ उनीसहित उनका ९ र १४ वर्षीय छोराहरुको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो ।
छोरालाई ज्वरो आएपछि उनले गत बुधबार परिवारका सबै सदस्यको पीसीआर परिक्षण गराएका थिए । कुनै लक्षण नदेखिएकाले तीनैजना होम आइसोलेसनमा रहेको विराटनगर -५ का नेकपा अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो वडामा शुक्रबारसम्म ५६ पुरुष र ३५ महिलासहित ९१ जनामा संक्रमण पुष्टि भएको छ ।
विराटनगरमा शुक्रबारसम्म संक्रमितको कुल संख्या एक हजार तीन सय १८ रहेको महानगरपालिकाले जनाएको छ ।