Logo

हाम्राे विराटनगर – टप टेन टुडे समाचार श्रृंखला । भदाै २६ गते

                     
Logo 2020-09-11 10:09     अभिमन्यु अभिजित

13

हाम्राे विराटनगर - टप टेन टुडे श्रृंखलामा आज २०७७-०५-२६ गतेका मुख्य समाचारहरू यस प्रकारका छन्। तपाईंले आज दिन भरीका प्रमुख खबरहरू संक्षिप्तमा पढ्न सक्नुहुनेछ । 

 

१. विराटनगरमा ३२ सहित प्रदेश १ मा १२१ संक्रमित थपिए

प्रदेश १ मा गएको २४ घण्टामा १२१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।प्रदेश १ मा ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा गरेर १२१ जनामा कोरोना संक्रमण देखिएको छ । पूरै पढ्न- https://hamrobiratnagar.com/2020/09/11/3688/

२. भक्तपुर जिल्ला अदालत भवन निर्माणमा कराेडाैँकाे चलखेल

भक्तपुर जिल्ला अदालत भवन निर्माणका लागि सेटिङ अनुरुप ठेक्का प्रक्रिया अघि बढाइएको भनेर अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा आवेदन परेको छ । नियमविपरीत सस्तो दरमा ठेक्का हाल्ने निर्माण कम्पनीलाई ठेक्का नदिई पूरा इस्टिमेट रकममा ठेक्का हाल्ने केसी शर्मा समानान्तर जेभीलाई भवन निर्माणका लागि ठेक्का दिइएको छ । पूरै पढ्न-  https://hamrobiratnagar.com/2020/09/11/3670/

३. स्थायी कमिटीको बैठकपछि ओली शक्तिशाली बन्दै, एमसिसी पारित गर्ने निर्णय

बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीलाई पनि अनुमोदन गर्ने निर्णय गरेको छ । एमसिसी परियोजनाका केही बुँदालाई परिमार्जन गर्दै पारित गर्नुपर्नेमा सबै नेताले जोड दिएका थिए। बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीलाई पनि अनुमोदन गर्ने निर्णय गरेको छ । एमसिसी परियोजनाका केही बुँदालाई परिमार्जन गर्दै पारित गर्नुपर्नेमा सबै नेताले जोड दिएका थिए। पूरै पढ्न - https://hamrobiratnagar.com/2020/09/11/3694/

४. महामारीका कारण रुग्ण बन्दै विराटनगर को व्यावसायिक क्षेत्र

संक्रमणको त्रासका कारण बजारमा मानिसको चहलपहल कम हुँदा व्यापार बढ्न नसकेको व्यवसायीको अनुभव छ ।

विगतमा भारतीय पक्षको नाकाबन्दीका कारण लामो समयसम्म सुस्त गतिमा चलेको विराटनगरको व्यवसाय कोरोना संक्रमणका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । पूरै पढ्न - https://hamrobiratnagar.com/2020/09/11/3702/

५. शिक्षा मन्त्रालयले नि: शुल्क इन्टरनेट उपलब्ध गराउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन तयारी सुरु गरेको छ । कोरोना संक्रमणका कारण वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि मन्त्रालयले नि:शुल्क इन्टरनेट सुविधा दिन लागेको हो । मन्त्रालयले हालै जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ अन्तर्गत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी नि:शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन लागेको हो । पूरै पढ्न- https://hamrobiratnagar.com/2020/09/11/3640/

६. ५ रेक्टर स्केलको भूकम्प : झापा

झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो । पूरै पढ्न-  https://hamrobiratnagar.com/2020/09/11/3634/

७. कित्ताकाट नखुलाएको भन्दै घरजग्गा व्यवसायीद्वारा मालपोतमा धर्ना

मोरङको विराटनगरस्थित जिल्ला मालपोत कार्यालयमा आज शुक्रबार घरजग्गा व्यवसायीहरुले धर्ना दिएका छन् । गत भदौ १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय मालपोत कार्यालयले कार्यान्वयन नगरेको भन्दै घरजग्गा व्यवसायी संघ मोरङले कार्यालयमा धर्ना दिँदै बिहान ११ बजेदेखि एक घण्टा कामकाज ठप्प पारेका हुन् । पूरै पढ्न- https://hamrobiratnagar.com/2020/09/11/3654/

८. विश्वकै तेह्राैँ सस्ताे नेपालकाे इन्टरनेट

विश्वव्यापी रुपमा हेर्ने हो भने फिक्स्ड लाइन ब्रोडब्याण्डको मूल्य निरन्तर रुपमा घटिरहेको छ भने स्पीड नियमित रुपमा बढ्दै गएको छ । एसिया क्षेत्रमा न त धेरै महंगो न त धेरै सस्तो इन्टरनेट सेवा छ । नेपालमा फिक्स्ड लाइन ब्रोडब्याण्डको औसत मूल्य १२.०५ अमेरिकी डलर अर्थात् १३६२.५० नेपाली रुपैयाँ रहेको छ । यस अघिको तुलनामा नेपालले ग्लोबल ब्रोडब्याण्ड प्राइसिङमा एक स्थान सुधार गरेको छ । सन् २०१८ मा १४ औं स्थानमा रहेको नेपाल हाल १३ औं स्थानमा उक्लिएको हो । पूरै पढ्न - https://hamrobiratnagar.com/2020/09/11/3649/

९. तालिवानको आक्रमणमा परेर १६ अफ्गानी सैनिकको मृत्यु

तालिवान लडाकूहरुको आक्रमणमा परेर अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको अफ्गानी सञ्चार माध्यमहरूले जनाएका छन्। देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिवान लडाकूहरुले आक्रमण गरेपछि सैनिकहरूको मृत्यु भएको हो । आक्रमणमा सैनिक क्षेत्रमा अरू पनि धेरै क्षति भएको बताइएको छ। पूरै पढ्न - https://hamrobiratnagar.com/2020/09/11/3681/

१०. जोर्डनमा सेनाको हतियार भण्डारण गृहमा शक्तिशाली विष्फोट

जोर्डनको राजधानी अम्मानस्थित जर्का सैन्य शिविरको हतियार राख्ने डिपोमा विष्फोट भएको छ । विद्युतीय चुहावटका कारण पुरानो अर्डिनेन्स उद्योगमा विष्फोट भएको अधिकारीहरुले बताएका छन् । सरकारका प्रवक्ता अमजद अदिलाले विष्फोट विद्युतीय उपकरणमा आएको समस्याकै कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी सरकारी सञ्चार माध्यमलाई गराएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । पूरै पढ्न-https://hamrobiratnagar.com/2020/09/11/3619/

https://youtu.be/2tkDS660mfk


लोकप्रिय छुटाउनुभयो कि ?