Logo

काठमाडौंमा कोठा भाडा लाग्न छोड्यो, कमीशनमा डेरावाल खोज्छन् घरबेटी

                     
Logo 2020-09-11 05:09     अभिमन्यु अभिजित

13

विराटनगर । भदाै २६

बास पाउनका लागि धौधौ हुने राजधानीमा यतिबेला जतै 'कोठा भाडामा' वा टु लेट जस्ता सूचना टाँसिएको देख्न सकिन्छ।

कोरोना संक्रमणले निम्त्याएको जोखिमले मान्छेहरू विस्तारै राजधानी छोड्दै गाउँतिर फर्कन थालेपछि अहिले काठमाडौंमा घरभाडा लगाएर गुजार्नेहरूको बिजोग हुन थालेको छ। पढ्न वा केही काम गर्न भनी काठमाडौं आएकाहरूलाई महामारीले सताएपछि गाउँ फर्किन बाध्य भएका हुन्।

संक्रमणले मानिसलाई यसरी सताएको छ कि मानिस कम भाडा भएको वा एडजस्ट गर्नका लागि भन्दै सस्तो घर वा थोरै कोठामा बसानका लागि बसाइ सर्दो छ। व्यवसाय गर्नेहरू पनि टाट पल्टिएपछि सामान्य घरका सस्ता कोठातिर सर्न थालेका छन्।

काठमाण्डौं उपत्यकामा कति कोठा खाली भए भन्ने यकीन तथ्याङ्क त छैन तापनि साठी प्रतिशतभन्दा बढी घर खाली भएको अनुमान लगाउँछन् नयाँ बानेश्वरका एक घरबेटी दिनमान सुनार। सामान्य कोठाहरू भन्दा फ्ल्याट वा घरै जिम्मा लिनेहरूले छोडाने क्रम बढेको उनको भनाइ छ।

काठमाण्डौंकै अनामनगरका हरिप्रसाद पराजुलीका अनुसार उनका घरमा बस्ने सात परिवारमध्ये चार परिवारले भदौ दोश्रो सप्ताहसम्म कोठा छैडेर बाहिरिएका हुन्। कतिपय घरबेटीले चिनेजानेका व्यक्ति वा साथीलाई घरभाडा लगाइदिए बापत केही कमीशन नै दिने भन्दै खोज्न लगाउन थालेका छन्।

कोरोना नियन्त्रणमा आऊला र काम गरेर खाउँला भनी पर्खिरहेकाहरूको झनै बिजोक भएको देख्न सुन्न सकिन्छ। छ सात महिनासम्म भाडा नमाग्न पनि घरबेटीलाई समस्या छ भने सबै भाडा तिर्न डेरावालहरूलाई समस्या छ। यसबारे राज्य संवेदनशील नबन्दा काठमाडौंमा बस्ने र बसाउने दुवैको अवस्था धौधौ बन्दै गइरहेको छ। यसबारे उज्यालोमा विस्तृत खबर प्रकाशित छ।

https://youtu.be/2tkDS660mfk


लोकप्रिय छुटाउनुभयो कि ?