Logo

तालिवानको आक्रमणमा परेर १६ अफ्गानी सैनिकको मृत्यु

                     
Logo 2020-09-11 03:09     अभिमन्यु अभिजित

13

प्रतिनिधिमूलक तस्वीर

काबुल । भदाै २६

तालिवान लडाकूहरुको आक्रमणमा परेर अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको अफ्गानी सञ्चार माध्यमहरूले जनाएका छन्।

देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिवान लडाकूहरुले आक्रमण गरेपछि सैनिकहरूको मृत्यु भएको हो । आक्रमणमा सैनिक क्षेत्रमा अरू पनि धेरै क्षति भएको बताइएको छ।

समाचार श्रोतले शुक्रवार दिएको जानकारी अनुसार तालिवानका लडाकुहरूले तीन वटा सुरक्षा कार्यालयमा आक्रमण गरेका थिए ।

अफगानिस्तानमा भइरहेको द्वन्द्व समाधानका लागि आगामी आइतबारदेखि कतारमा वार्ता हुन लागिरहेका बेलामा तालिवानका लडाकूले यो आक्रमण गरेका हुन् ।

यो घटनाका कारण तयारी अवस्थामा रहेको वार्तालाई पनि असर पार्ला कि भन्ने बारेमा धेरैले चिन्ता व्यक्त गरेका छन् ।

https://youtu.be/2tkDS660mfk


लोकप्रिय छुटाउनुभयो कि ?