
विराटनगर । भदाै २६



कृषिको आधुनिकीकरण तथा कृषिलाई व्यवसायिक बनाउन सरकारले इलाम जिल्लाका किसानका लागि ६ करोड ७२ लाख अनुदान दिएको छ ।
चालु आर्थिक वर्षका लागि इलामका १० स्थानिय तहका कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि छुट्टयाइएको अनुदानमा ब्लक, पकेट र नियमित कार्यक्रम सञ्चालन हुनेछन् ।
अनुदानमा प्रदेशको तीन करोड ४६ लाख र संघको तीन करोड २६ लाख गरी कुल ६ करोड ७२ लाख रुपैँया बराबरको अनुदान दिएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिएका छन् । जिल्लाका प्रत्येक स्थानिय तहमा विभिन्न नगदेबालीका लागि अनुदान उपलब्ध गराइने पन्तको भनाई छ ।
प्रदेशका तर्फबाट कुल तीन लाख ४६ लाख रुपैँया रकम अनुदानका लागि नेपाल सरकारले स्थानिय तहलाई उपलब्ध गराएको छ । अनुदानमा पर्ने कार्यक्रम र रकमहरू निम्न छन् :
-मागमा आधारित कृषि व्यवसाय प्रवर्धन कार्यक्रम (कृषि विकास कार्यक्रम) मा - ५ लाख
-कागती खेती मिसन कार्यक्रममा - १२ लाख
-किबी खेती प्रवर्धन कार्यक्रममा - २५ लाख
-व्यवसायिक फलफूल बगैँचा स्थापना सहयोगमा - ३० लाख
-मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रममा - १५ लाख
-कफी खेती विस्तार कार्यक्रममा - २५ लाख
-बीउबीजन आत्मनिर्भरका कार्यक्रममा पहिलो वर्ष - २ लाख
-बीउ विजन आत्मनिर्भरका कार्यक्रममा दोस्रो वर्ष - १८ लाख
-सघन बाली विकास आयोजनामा (धान, मकै, गहुँ) दोस्रो वर्ष - २० लाख
-महिला दलित विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रममा - १० लाख
-युवा लक्षित च्याउ मह तरकारी उत्पादन कार्यक्रममा - ३० लाख
-सघन बाली विकास आयोजनामा (धान, मकै, गहुँ) तेस्रो वर्ष - ५ लाख
-नमुना कृषि फार्म स्थापना सहयोग (बागमानी विकास खर्च)मा ४९ लाख
-आलु भण्डारणको लागि रष्टिक स्टोर भण्डार निर्माण (निजी,सरकारी, सरकारी साझेदारीमा) (बागवानी विकास खर्च) मा - १० लाख
-कृषि बजार तथा संकलन केन्द्र निर्माण (निजी, सहकारी, सरकारी) मा -२० लाख
-कृषि यान्त्रीकरणका लागि औजार उपकरण प्रयोग प्रवर्धन कार्यक्रम (बागवानी विकास खर्च) मा - ७० लाख
संघको ३ करोड २६ लाखको अनुदानमा पर्ने कार्यक्रम र रकम :
-कृषि विभाग प्राङ्गारिक कृषिप्रवर्धन मिशन कार्यक्रम (सशर्त अनुदान) मा एक करोड - ७० लाख
-पुरानो ब्लक विकास कार्यक्रमको निरन्तरतामा - ८१ लाख
-नयाँ ब्लक विकास कार्यक्रममा - ७५ लाख
इलाममा हाल पुराना ६ र नयाँ ३ गरेर ९ वटा ब्लक सञ्चालनमा रहेका छन् ।
यस अनुदानका लागि हरेक पालिकाका इच्छुक कृषक समूह, कृषि सहकारी संस्था, व्यवसायिक फर्म, कम्पनी, नीजी उद्यमी र व्यवसायीहरुले आगामी असोजको दोस्रो साताबाट आवेदन दिन पाउने बताइएको छ । प्रस्तावक संस्था वा निकायले एक मात्र बाली विशेषमा प्रस्ताव पेश गर्न पाउने कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा ११ करोड २० लाख २५ हजार रुपैँया अनुदान आएकोमा यो आर्थिक वर्षमा साढे पाँच लाख रुपैँया कम अनुदान आएको हो ।
https://youtu.be/2tkDS660mfk