Logo

करेन्ट लागेर उदयपुरमा एक महिलाकाे मुत्यु

                     
Logo 2020-09-11 02:09     अभिमन्यु अभिजित

13

सांकेतिक तस्वीर

निराटनगर । भदाै २६

उदयपुर जिल्लाकाे चौदण्डीगडी नगरपालिका ५ की ६१ बर्षीया एक महिलाकाे शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिलामन्ती चाैधरी छिन् । आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मटर संचालन गर्ने क्रममा अचानक करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुन्दरपुरले जनाएको छ ।

जाेडिएकाे विद्युतबाट करेन्ट लागेपनि सामान्य अवस्थामा मृत्यु हुने संभावना कम हुन्छ । प्रहरीकाे टोली घटनास्थलमा पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

https://youtu.be/2tkDS660mfk


लोकप्रिय छुटाउनुभयो कि ?