Logo

विश्वमा इन्टरनेट कहाँ सस्तो कहाँ महङ्गो?

                     
Logo 2020-09-11 02:09     अभिमन्यु अभिजित

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर । भदाै २६

विश्वव्यापी रुपमा हेर्ने हो भने फिक्स्ड लाइन ब्रोडब्याण्डको मूल्य निरन्तर रुपमा घटिरहेको छ भने स्पीड नियमित रुपमा बढ्दै गएको छ । एसिया क्षेत्रमा न त धेरै महंगो न त धेरै सस्तो इन्टरनेट सेवा छ ।

एसियाका नेपाल सहित भुटान, इरान, भियतनाम, मंगोलिया लगायतका मुलुकहरू विश्वकै सस्तो इन्टरनेट भएका २० मुलुकभित्र पर्दछन् ।

केबल यूकेका अनुसार नेपालमा फिक्स्ड लाइन ब्रोडब्याण्डको औसत मूल्य १२.०५ अमेरिकी डलर अर्थात् १३६२.५० नेपाली रुपैयाँ रहेको छ । यस अघिको तुलनामा नेपालले ग्लोबल ब्रोडब्याण्ड प्राइसिङमा एक स्थान सुधार गरेको छ । सन् २०१८ मा १४ औं स्थानमा रहेको नेपाल हाल १३ औं स्थानमा उक्लिएको हो ।

इरान, नेपाल र कार्गिस्तान सस्तो इन्टरनेट दिने मुलुकमा परेपनि इन्टरनेट स्पीड भने तुलनात्मक रुपमा स्लो रहेको केबल यूकेले जनाएको छ । केबल यूके लगायतको सर्वेक्षणमा नेपालको इन्टरनेट स्पीड भने विश्वमा १५० औं स्थानमा छ ।

बुल्गेरिया र हङ्गेरी यस्ता अपवादपूर्ण देश हुन्, जहाँ इन्टरनेट फास्टमात्रै होइन सस्तो पनि छ । व्यापक रुपमा विस्तार गरिएको एफटीटीएच नेटवर्कले नै ती देशहरुलाई त्यो स्तरमा पुर्‍याएको हो ।

एसियाकै लाओस, हङकङ, टिमोरलेस्ट, माल्दिभ्स र ब्रुनाइ दरुसलम जस्ता देश विश्वकै महंगा इन्टनेट भएका मुलुकमा पर्दछन् ।

भारतमा समेत इन्टरनेट नेपालभन्दा महंगो छ । विश्वमा १७ औं स्थानमा रहेको भारतमा इन्टरनेट प्याकेजको औसत मूल्य १२.९० डलर अर्थात् १४६१.५७ नेपाली रुपैयाँ रहेको छ ।

विश्वकै सस्तो इन्टरनेट हुने टप फाइभ मुलुकमा सिरिया, यूक्रेन, रसियन फेडेरेसन, रोमानिया र बेलारुस रहेका छन् । जहाँको इन्टरनेट प्याकेजको औसत मूल्य क्रमशः ६.६० डलर, ६.६४ डलर, ७.३५ डलर, ८.१५ डलर र ९.८७ डलर रहेको छ ।

भुटान विश्वकै छैटौं सस्तो इन्टरनेट भएको मुलुक हो । जहाँ सबैभन्दा सस्तो ब्रोडब्याण्ड प्याकेज र औसत प्याकेजको मूल्य समान १०.४२ डलर रहेको छ ।

विश्वमै महंगो इन्टरनेट हुने शीर्ष पाँच मुलुकहरुमा पाँचदेखि एकसम्म क्रमशः इक्वेटोरियल गिनिया, बुरुन्डी, मौरिटानिया, यमन र एरिटेरिया रहेका छन् ।

एरिटेरियामा सबैभन्दा महंगो ब्रोब्याण्ड प्याकेजमा एक महिनाको प्रति एमबीपीएस इन्टरनेटका लागि १५,०५१.२९ अमेरिकी डलरसम्म तिर्नुपर्ने हुन्छ । जहाँको सबैभन्दा सस्तो प्याकेज कै लागि मासिक प्रति एमबीपीएस २५१.१३ डलर तिर्नुपर्छ । एरिटेरियाको इन्टरनेट प्याकेजको औषत मूल्य २,६६६.२४ डलर रहेको छ ।

त्यस्तै यमनमा २,४६६.६७ डलर, मौरितानियामा ६९४.६३ डलर, बुरुन्डीमा २८३.७३ डलर र इक्वेटोरियलमा २५९.३८ डलर रहेको छ ।

https://youtu.be/2tkDS660mfk

 


लोकप्रिय छुटाउनुभयो कि ?