
विराटनगर, भदौ २६



गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वाब परीक्षणको नतिजा पुन: पोजिटिभ देखिएको छ ।
संक्रमण देखिएको १४ दिनपछि हिजो प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आज पोजिटिभ देखिएको हो ।
मन्त्री घिमिरेका प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतका अनुसार नतिजा पोजिटिभ देखिएपनि घिमिरेको स्वास्थ्य अवस्था भने सामान्य बन्दै गएको छ ।
यसअघि टाउको दुख्ने, झाडापखाला, ज्वरोजस्ता लक्षण देखिएकोमा हाल घिमिरेलाई सामान्य रुघाखोकी र जिउ दुख्ने लक्षण मात्र बाँकी रहेको छ ।।।
https://youtu.be/2tkDS660mfk