
जोर्डनको राजधानी अम्मानस्थित जर्का सैन्य शिविरको हतियार राख्ने डिपोमा विष्फोट भएको छ ।
विद्युतीय चुहावटका कारण पुरानो अर्डिनेन्स उद्योगमा विष्फोट भएको अधिकारीहरुले बताएका छन् ।
सरकारका प्रवक्ता अमजद अदिलाले विष्फोट विद्युतीय उपकरणमा आएको समस्याकै कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी सरकारी सञ्चार माध्यमलाई गराएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
प्रवक्ता अदिलाले विष्फोट भएको क्षेत्र आवासीय क्षेत्र नभएको दाबी गरे पनि स्थानीयले भने विष्फोटबाट आफ्नो घरका सीसा फुटेको बताएका छन् ।।।
विष्फोटबाट भएको क्षतिको विवरण हालसम्म प्राप्त हुन सकेको छैन ।
https://youtu.be/bZ4ALVRqoJ4