
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा यातायात आवागमन ठप्प भएको छ ।



चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरेमा आज शुक्रबार बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोका कारण सवारी आवागमन ठप्प हुँदा यात्री अलपत्र परेकाले पहिरो हटाई सडक खुलाउने प्रयास जारी रहेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाले बताए ।।।