Logo

बिरामी उपचार नगर्ने अस्पताललाई कारबाही थाल्ने सरकारको निर्णय

                     
Logo 2020-09-10 06:09     Hamro Biratnagar

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर । भदौ २५

कुनै पनि उपचारमा ढिलाइ गर्दा बिरामीको ज्यान गए कानुनअनुसार कारबाही हुने सरकारले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पीसीआर रिपोर्ट नहुँदा पछिल्ला केही दिनमा इमर्जेन्सीमा अस्पताल पुगेका बिरामीले उपचार नपाएर मर्नुपर्ने परिस्थिति बनेको भन्दै त्यस्तो प्रवृत्ति रोक्न अस्पताल तथा अस्पताल प्रमुख र डाक्टरलाई निर्देशन दिएका छन् ।

गौतमले तत्काल शल्यक्रिया गर्नुपर्ने भए वा सडक दुर्घटनामा परेकाहरूको पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गरी रिपोर्ट नपर्खिई स्वास्थ्य मापदण्ड पालना गरी उपचार थाल्न निर्देशन दिएका हुन् ।

प्रवक्ता गाैतमले उक्त निर्देशन अस्पतालका सबै स्वास्थ्यकर्मीमा सर्कुलर गर्न र गराउन पनि आग्रह गरेका छन्।

देशभरका अस्पतालहरूले बिरामी भर्ना गर्न छोडेपछि कयौंले अकालमा ज्यान गुमाइरहनु परेको छ। विराटनगरमा मात्रै तीन जनाले कुनै अस्पतालले भर्ना नलिएपछि ज्यान गुमाएका थिए।


लोकप्रिय छुटाउनुभयो कि ?