आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले गरेको कार्यक्रममा भट्टराईले असोज १५ गतेदेखि आन्तरिक उडान सुरु गर्ने बारे तयारी भइरहेकाे जानकारी दिएका हुन्।
‘आन्तरिक उडान थाल्न सिसिएमसीमा प्रस्ताव पठाइएको जिकिर गर्दै भट्टराईले भने - 'आज हामीले १ असोजबाट आन्तरिक उडान खुलाउने प्रस्ताव गरेका छौं। सम्भवतः १ असोजमा भएन भने १५ असोजबाट खुल्नेछ ।'
गत चैतमा घोषणाहुनुभन्दा केही समयअघि बन्द गरिएको आन्तरिक उडान अझसम्म पनि सुरु भएकाे छैन । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि संचालनमा आइसकेकाे छ ।