Logo

अन्तर्राष्ट्रीय उडानको संख्या थप गर्ने पर्यटन मन्त्रीकाे दाबी

                     
Logo 2020-09-10 03:09     अभिमन्यु अभिजित

13

विराटनगर । भदाै २५

सरकारले अन्तर्राष्ट्रिय उडानका लागि संख्या थप गर्ने भएको छ। बिहीबार मन्त्रिपरिषदको बैठकले विदेशमा अलपत्र नेपालीका लागि उडान थप गरेको हो।

पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार PCR नेगेटिभ भएका यात्रुहरू ल्याउन नीयमित उडान भइरहेको मुलुकले माग गरे संख्या थपिने बताए। फेसबुकमार्फत भट्टराईले यस्तो निर्णय भएको लेखेका हुन्।

त्यस्तै भट्टराईले लेखेका छन् -

उपप्रधान मन्त्री, पररास्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफाल पश्चात प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तरास्ट्रिय उडानको सन्ख्या थप गर्ने समझदारी भएको छ ।

अब

१. PCR negetive भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा Airlines ले थप उडान माग गरेमा अनुमती प्रदान गरिने छ ।

२. कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिने छ ।

३. श्रम कल्याणकारी कोसबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने छ ।

४. नियमित उडान नभएका मुलुकमा PCR Nagetive भएका यात्रुका लागि मागका आधारमा उडान सन्ख्या थप गरिने छ ।

त्यस्तै, भट्टराइले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली दिदिबहिनी तथा दाजुभाइप्रति सरकार संवेदनशील रहेकाे बताउँदै स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको छ र सरकारले आफ्नो प्रयत्न बढाउदै लगेकाे पनि बताएका छन् ।

विदेशमा नेपाल फर्किनका लागि तड्पिएका नेपालीहरूकाे बारेमा सरकार उदासीन देखिएकाे भन्दै चाैतर्फी विराेध भएकाे थियाे । उडान थप भएकाेमा अास्वस्थ पार्दै भट्टराइले धैर्य गर्ने सबैलाइ धन्यवाद दिँदै सरकार नागरिकका दुःखमा साथ साथ रहेकाे भन्दै अाफ्नाे बचाउ गरेका छन् ।

[caption id="attachment_3562" align="alignnone" width="514"] तस्वीर-
मन्त्री भट्टराइकाे फेसबुक वाल[/caption]


लोकप्रिय छुटाउनुभयो कि ?