
विराटनगर । भदाै २५



नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।