
विराटनगर । भदाै २५
कैलाली जिल्लामा करणी गरेकाे अभियोगमा एक होटल संचालकसहित ४ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएकाे छ। प्रकाउ पर्नेहरूमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका-९ का होटल संचालक वर्ष २० को सन्जु पाल रहेका छन् । साथै करणी गर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका-१ बस्ने बर्ष २० को हेमन्त दियाल, नवदुर्गा गाउपालिका-२ बस्ने बर्ष २४ को दिपक भट्ट तथा अजयमेरु गाउँपालिका-१ बस्ने २१ को टंक धामीलाई पक्राउ गरेको हो ।
४ जनाले पीडिलाई होटलमा बोलाई जबरजस्ती करणी गरेको स्वीकारेका छन् ।
जबरजस्ती करणीकाे शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।