Logo

कारागारमा फैलियो कोरोना संक्रमण

                     
Logo 2020-09-10 01:09     Hamro Biratnagar

13

सिरहा  जिल्ला  कारागारका  ५९  जना  पुरुष  कैदी  बन्दीहरुमा  कोरोना  संक्रमण  देखिएको  छ।

केही  दिनअघि  आएका  सात  जना  बन्दीहरुबाट  अन्यमा संक्रमण  भएको  र  ती  सात  जना  भने  हाल  संक्रमणमुक्त भएको  कारागारकी  निमित्त  प्रमुख  बबिता  महतोले  बताइन् ।

बन्दीहरुमा  देखिएको  भाइरल ज्वरोको कारण परीक्षण गराउँदा उनीहरुमा संक्रमण देखिएको भन्दै उनले सबै बन्दीको परीक्षण गर्नुपर्नेआवश्यकता रहेको बताइन् ।

[caption id="attachment_3534" align="alignnone" width="914"] Picture source: onlinekhabar[/caption]

उनका  अनुसार  कारागारको  क्षमता  एक  सय  ५० जना मात्र भएपनि  हाल  १८  महिला  र  दुई  बालबालिकासहित  पाँच सय  ९६  जना  कारागारमा  रहेका  छन् ।

बिहीबार  र  शुक्रबार  सबै  कैदी  बन्दीको  स्वाब  संकलन  गरिने  पनि  महतोले  बताइन्।


लोकप्रिय छुटाउनुभयो कि ?