
नयाँ दिल्ली । भदौ २५
कोरोना संक्रमण आक्रामक रुपमा बढेको छ ।
हिजो बुधबार एकै दिन हालसम्मकै सबैभन्दा बढी ९७ हजार तीन सय ९९ जना कोरोना संक्रमण पुष्टि भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
यससँगै भारतमा हालसम्म संक्रमितको संख्या ४४ लाख पार गरेको छ भने ७५ हजारभन्दा बढीले ज्यानगुमाएका छन् । विगत चौबीस घण्टामा मात्र संक्रमितमध्ये एक हजार एक सय ५२ जनाको ज्या न गएको छ ।
विश्वमा हालसम्म नौ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएकोमा अमेरिका र ब्राजिलपछि भारतले सबैभन्दा ठूलो मानवीय क्षति व्यहोरेको छ ।