Logo

सरकारी अड्डामा कोरोनाको हमला,ज्यान जोगाउँदै जनप्रतिनिधि

                     
Logo 2020-09-10 10:09     Hamro Biratnagar

13

विराटनगर, भदौ २५

मोरङको  विराटनगर  महानगरपालिका-२  का  वडाध्यक्ष  कुमार  पोख्रेलमा  कोरोना  संक्रमण  पुष्टि  भएको  छ ।

एक  संक्रमितको  कन्ट्याक्ट  ट्रेसिङका  क्रममा  परीक्षण गरिएकोमा  हिजो  बुधबार  उनको  नतिजा  पोजिटिभ देखिएको  हो ।

विराटनगर  महानगरपालिकाका  स्वास्थ्य  शाखा  प्रमुख  रमेश कार्कीका  अनुसार  विराटनगरमा  पहिलो  पटक महानगरपालिका  जनप्रतिनिधिमा  कोरोना  संक्रमण  पुष्टि भएको  हो ।

वडाध्यक्ष  पोख्रेलले  संक्रमण  पुष्टि  भएपछि  आफू  कुनै लक्षणबिना  होम  आइसोलेसनमा  रहेको  बताएका  छन् ।

बुधबारसम्म  विराटनगरमा  एक हजार  तीन  सय ५१संक्रमितमध्ये  सात  सय  ८९  जना  निको  भएको  र १५ जनाको  ज्यान  गएको  महानगरपालिकाले  जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?