
बुधबार राति भएको क्वार्टरफाइनलमा खेलमा स्वेताना पिरोनकोभालाई हराउँदै सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।



सेरेनाले पिरोनकोभालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमाव प्रवेश गरेकी हुन्। फाइनल प्रवेशका लागि उनले भिक्टोरिया अजारेन्कासँग खेल्नेछिन् ।