Logo

विश्व स्वास्थ्य संगठनको विरोधका बाबजुद खोप बिक्री गर्दै रुस

                     
Logo 2020-09-10 09:09     Hamro Biratnagar

13

रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप, स्पुतनिक-५ मेक्सिकोले खरिद गर्ने भएको छ ।

रुसको सार्वभौम सम्पति कोषमार्फत मेक्सिकोले खोपको तीन करोड बीस लाख डोज खरिद गर्न लागेको हो ।

यसअघि गत अगस्टमा पहिलो पटक रुसको प्रत्यक्ष लगानी कोषमार्फत कजाकस्तानले यो खोप खरिद गर्ने सम्झौता गरेको थियो ।

विश्व स्वास्थ्य संगठनका साथै अमेरिका लगायतका केही देशले खोपको परीक्षण पूरा नभएको भन्दै विश्वसनीयताबारे प्रश्न गरिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नी छोरीलाई पनि दिइसकेको जनाउँदै खोप सफल भएको दाबी गर्दै आएका छन् ।

यसैबीच सेप्टेम्बर सम्ममा भेनेजुएलामा सोही खोपको परीक्षण प्रयोग सुरु हुने राष्ट्रपति निकोलस मडुरोले बताएका छन् ।

यससँगै बीसभन्दा बढी मुलुकले आफ्नो खोप प्रयोगमा ल्याउन आवेदन दिएको रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी प्रमुख किरिल दिमित्रेभले जानकारी दिएका छन् ।।।


लोकप्रिय छुटाउनुभयो कि ?