Logo

न्यूरोले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने

                     
Logo 2020-09-09 05:09     अभिमन्यु अभिजित

13

फाइल तस्वीर

विराटनगर । भदाै २४

विराटनगरको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले बुधबारबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको छ । कोरोना संक्रमितका लागि सञ्चालनमा ल्याएको कोरोना अस्पतालमा न्यूरो अस्पतालले संक्रमितको उपचार निःशुल्क गरेको हो ।

सरकारसँग सम्झौता भएपछि न्यूरोले बुधबारबाट सेवा निःशुल्क गरेको न्यूरो अस्पतालका अस्पताल डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतले जानकारी दिएका छन् ।

अहिले न्यूरोले सञ्चालन गरेको ५१ बेडको कोरोना अस्पतालमा ४२ वटा जनरल बेड, ७ वटा आईसीयू र दुई वटा भेण्टिलेटर बेड राखिएको छ ।

त्यस्तै मंगलबारबाट विराट मेडिकल कलेजले संक्रमितको उपचार निःशुल्क गरेको थियो । विराटनगरमा यी दुई निजी अस्पतालले नि:शुल्क कोरोना संक्रमितको उपचार गर्न थालेका हुन् ।

https://youtu.be/lmQwj3kuh-s


लोकप्रिय छुटाउनुभयो कि ?