
विराटनगर । भदौ २४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बुधबार थप १ हजार ८१ जनामा कोरोना भाइरस पुष्टि भएको जनाएको छ ।
देशभरका ३९ प्रयोगशालामा गरिएको ११ हजार १६८ जनाको परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभरमा संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
अहिले देश भरमा १५ हजार २५ सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना मुक्त भएका छन् ।
बुधबार थप ६ जनाकाे ज्यान गएसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३१२ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
https://youtu.be/lmQwj3kuh-s