Logo

प्रदेश १ को राजधानीमा ‘डिस्को लाइट’ बन्यो खतराको घण्टी (भिडियो सहित)

                     
Logo 2020-09-09 04:09     Hamro Biratnagar

13

विराटनगर, भदौ २४

मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा जडान गरिएका सडक बत्तिहरु बिग्रन थालेका छन् ।महानगरको मेन रोड, बाटा रोड,रामजानकी पथ,ट्राफिक चौक लगायतका स्थानमा सडकछेउको पोलमा नेपाल विद्युत् प्राधिकरणले जडान गरेका बत्तिहरु मर्मत सम्भारको अभावमा बिग्रन थालेका हुन् ।

स्थीर रुपमा बलिरहनुपर्ने बत्ति बिग्रिएर 'डिस्को लाइट' जस्तै गरी निरन्तर बल्ने र निभ्ने गरेको दृश्य हिजोआज विराटनगरका धेरै सडकहरुमा साँझपख प्रसस्त देख्न सकिन्छ ।

अस्वभाविक रुपमा बत्ति बल्ने र निभ्ने क्रम जारी रहँदा एकातिर रातको समयमा सडकमा यात्रा गर्ने मानिस दुर्घटनाको जोखिममा परेका छन् भने अर्कोतिर यसले विद्युतको खपत बढाउनुका साथै ट्रान्सफर्मरमा अनावश्यक भार पर्न गई कुनै पनि बेला विष्फोट हुन सक्ने खतरा बढेको छ ।महानगरलाई सडक दुर्घटना तथा अन्धकारबाट बचाउन सम्बन्धित निकायले यथासिघ्र सडक बत्ति मर्मत सम्भार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

https://youtu.be/eGXihXCgd8g

 


लोकप्रिय छुटाउनुभयो कि ?