Logo

रेल विभागद्वारा विवादित ठेक्का रद्द

                     
Logo 2020-09-09 11:09     Hamro Biratnagar

13

बिराटनगर । भदौ २४

रेल  विभागले  पूर्व-पश्चिम  रेलमार्ग  अन्तर्गतको  इनरुवा-काकडभिट्टा  खण्डमा  ट्र्याक  बेड  बिछ्याउने  प्रयोजनका लागि  आह्वान  गरेका  दुई  ठेक्का  रद्द  गरेको  छ ।

विभागले  गत  असार  १४  र  १७  गते  आह्वान  गरिएको ठेक्का  सार्वजनिक  खरिद  नियमावलीविपरीत  भएको  भन्दै मंगलबार  सूचना  जारी  गरी  रद्द  गरेको  हो ।

विस्तृत  परियोजना  प्रतिवेदन  तयार  भई  जग्गा  अधिग्रहणको प्रक्रिया  अगाडि  बढाएको  विभागले  अहिले  पूर्वतयारी नपुगेको  भन्दै  ठेक्का  रद्द  गरेको  हो ।

ठेक्का  प्राप्त  गर्न  रेलमार्ग  निर्माणको  अनुभव भ एका कम्पनीले  मात्र  प्रतिस्पर्धा  गर्न  पाउने  व्यवस्थाका  कारण  कमै  मात्र  कम्पनीले  आवेदन  दिने  मौका  पाएको  भन्दै ठेकेदार  कम्पनीले  विरोध  गर्दै  आएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?