
बेलायत । भदौ २४
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले अन्तिम चरणको परीक्षण गरिरहेको कोरोना भाइरस विरुद्धको खोप परीक्षण स्थगित भएको छ ।
परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको स्ट्राजेनेकाले जानकारी दिएको छ ।
सुरक्षा मापदण्डको पालनाबारे जाँच गरी विश्वस्त हुने अवस्थामा मात्र परीक्षण पुन: सुरु गरिने बीबीसीले जनाएको छ ।
बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका गरी तीस हजार सहभागीमाथि अन्तिम परीक्षण भइरहेको यो खोप छिटै बजारमा आउने अपेक्षा गरिएको थियो । हाल विश्वमा भइरहेका एक दर्जन खोप परीक्षणमध्ये यसको प्रगति राम्रो रहेको थियो ।
विश्वमा हाल एक सय ८० ओटा खोप परीक्षण जारी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कुनै पनि खोपको क्लिनिकल ट्रायल सम्पन्न नभएको जनाउँदै उसले मापदण्ड पूरा नगरी खोप प्रयोगमा नल्याउन चेतावनी दिएको छ ।
https://youtu.be/lmQwj3kuh-s