
विराटनगर । भदाै २४
बिरामीलाई गलत औषधि बिक्री गरेको भेटिएपछि औषधि व्यवस्था विभागले हिजो मङ्गलबार एउटा फार्मेसी सील गरेको छ ।
विभागको विराटनगरस्थित कार्यालयले अनुगमनका क्रममा सिफारिसबिनाका औषधि बेचेको भेटेपछि विराट नर्सिङ होम अगाडि रहेको महेश मेडिकल हल सील गरेको कार्यालय प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । मेडिकल सञ्चालक कृष्णकुमार यादवले कुटपिटबाट घाइते भएकी मोरङको जहदा गाउँपालिकाकी ७० वर्षीया वृद्धा दुर्गादेवी पासवानलाई डाक्टरको प्रेस्क्रिप्सनबिना नै दुई ओटा औषधि थपेर बेचेको कट्टेलको भनाइ छ ।
उनका अनुसार सञ्चालक यादवले कडा प्रकृतिका औषधिहरु 'इन्जेक्सन मेनम' र 'इन्जेक्सन पेन्टोसिड' थप गरेका थिए ।
यादवलाई दुई महिनाअघि पनि कार्यालयले उपस्थित हुन पत्राचार गरेकोमा अटेर गरेको बताउँदै कट्टेलले कागज अध्ययनपछि फार्मेसी निलम्बन गरी थप कारबाही गर्ने जानकारी दिए ।
https://youtu.be/lmQwj3kuh-s
https://youtu.be/lmQwj3kuh-s