
साउदी अरबमा रोजगारी गुमाएर स्वदेश फर्कन चाहने नेपालीले विदेशी भूमिमै नेपाल सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
दैनिक पाँच ओटा उडान आवश्यक रहेकोमा सरकारले सेप्टेम्बर महिनामा १३ ओटा मात्र उडान उपलब्ध गराउने भएपछि सो संख्या अपर्याप्त भएको भन्दै नेपाली श्रमिक आन्दोलित भएका हुन् ।
तीन महिनाको अवधिमा आठ हजार पाँच सय २५ नेपालीलाई साउदी अरबबाट स्वदेश फिर्ता ल्याएको सरकारले थप साढे चौध हजार जना कामदारको नाम स्वदेश फिर्ता गर्नुपर्ने भन्दै सुचिकृत गरेको छ । यसका अतिरिक्त विभिन्न कम्पनीले तीन हजार जना र व्यक्तिगत रुपमा थप एक हजार जना स्वदेश फर्कने आकाङ्क्षी दूतावासको सम्पर्कमा आएको साउदी अरबस्थित नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए ।