
यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बेल्जियमले आइसल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गरेकाे हाे ।
बेल्जियमको जितमा मिच्चे बात्सुयाले दुई गोल गरे । त्यस्तै एक्सेल विट्सेल, डेरिस र्मेतेन्स, डेरिस मेर्टेन्स र डोकुले एक–एक गोल गरे । आइसल्यान्डका लागि होल्ब्रेटले एक गोल गरे ।
जितसँगै बेल्जियम दुई खेलबाट ६ अंक जोड्दै समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । पराजित आइसल्यान्ड चौथो स्थानमा छ ।