
विराटनगर । भदाै २३



नेपाली कांग्रेसका महामन्त्री डा. सशाङ्क कोइरालामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि कोइरालाले सोमबार ह्याम्स अस्पतालमा परीक्षणका लागि स्वाब दिएका थिए । हिजाे बेलुकी आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुनः उनको स्वाब परीक्षण गरिएको थियो ।
अस्पतालले दोस्रो रिपोर्टका बारेमा भने काेइरालालाइ नगराएकाे बताएकाे छ । सामान्य ज्वरो देखिएको बताइएको छ । सिटामोल खाएपछि ज्वरो पनि घट्दै गएकाे बताइएकाे छ । ह्याम्स अस्पतालले कोइरालालाई कोरोना संक्रमण भएकोबारे आधिकारिक जानकारी भने दिएकाे छैन ।