Logo

बन्दाबन्दीका बीच पनि अदालती काम कारबाही थाल्न उच्च अदालतको निर्देशन (पूर्ण पाठसहित)

                     
Logo 2020-09-08 05:09     अभिमन्यु अभिजित

13

तस्विर : फाइल

विराटनगर। भदौ २३

उच्च अदालत विराटनगरले महामारीद्वारा सिर्जित परिस्थितिको टुङ्गो नभएको भन्दै जनताका काम कारबाही थाल्न परिपत्र जारी गरेको छ।

मुद्दा मामिलाका काम पनि प्रभावित भएको र यसबाट नागरिकस्तरमा पर्न गएको असुविधाको जनाउ गर्दै अदालतले मातहतका कार्यालयलाई सेवा प्रवाहका लागि सूचित गरेको हो।

बारबेन्च समन्वय समितिको मङ्गलबार बसेको बैठकले अभियोग पत्र दर्ता तथा थुनछेकको सुनुवाइ तथा दिनमा १० वटा पुनरावेदन दर्ता गराउन निर्देशन दिएको छ ।

साथै सरकारका तर्फबाट परेका प्रत्यर्थी नझिकाइएका पुनरावेदनहरूको सुनुवाइ एवं २ बर्ष पुग्न लागेका मुद्दाको सुनाइ पनि गर्न भनेको छ। बालबालिका प्रतिवादी भएको, ज्येष्ठ नागरिक वादी रहेको तथा थुनुवा वाणिज्य मुद्दा र बन्दी प्रत्यक्षीकरणका काम कारबाही गर्न पनि भनेको छ।

उच्च सरकारी वकिल कार्यालय विराटनगर, उच्च अदालत बार एसोसिएसन विराटनगर, जिल्ला मोरङ वार एसोसिएसन विराटनगर तथा सुनसरी जिल्ला वार एसोसिएसन इनरुवालाई परिपत्र जारी गर्दै काम कारबाही थाल्न भनेको छ।

पूर्णपाठ-


लोकप्रिय छुटाउनुभयो कि ?