
विराटनगर । भदाै २३



१६ बर्षकी किशाेरीकाे प्रयाेग गरी यौन भिडियो बनाउँदै पैसाको बार्गेनिङ गर्ने दुइजनालाइ प्रहरीले सार्वजनिक गरेकाे छ । पैसा माग्नेमा इटहरीका २१ बर्षिय समीर मगर तथा उमेर नखुलेका रामधुनी ५ का डन दाई भन्ने गणेश दर्जीलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
धरान १८ मा रहेको कान्तिपुर होटेलमा गत साउन २६ गते भएको जबरजस्ती करणी प्रकरणको भिडियो किशाेरीले नै बनाएकाे पनि खुलेकाे छ । मोबाइलबाट हटाइएकाे भिडियोलाई पुन रिकभर गरेर प्रहरीले अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेकाे हो । पक्राउ परेकाहरूले किशाेरीकै मिलेमतोमा भिडियो बनाएको बयान दिएका छन् ।
अनुसन्धानमा मोरङ घर भएकी १६ वर्षे किशाेरी आफैले बनाएको प्रहरीले जनाएकाे छ । यौनजन्य क्रियापकलापमा काेठामै योजनाबद्ध ढङ्गले यौन सम्बन्धको भिडियो बनाइएको अनुसन्धानमा खुलेकाे छ । अन्तिममा पीडित भनिएकी किशारीले २ हजार नगद समेत लिएको देखिएको प्रहरीले जनाएकाे छ ।
उक्त जबरजस्ती करणीकाे आरोप लागेका रामधुनी नगरपालिका ७ झुम्का घर भएका एवं मेडिकल हलका सञ्चालक समेत रहेका मोहम्मद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ ।
धरानमा आलम र किशाेरीबीच भएको यौन गतिविधिको साेही भिडियो देखाएर आलमसँग दुई युवाले आफू प्रहरी भएको भन्दै पैसा बार्गेनिङ सुरु गरेका थिए । मिलेमताेमै भएकाे उक्त याैनजन्य गतिविधिमा पैसाकाे खेल सुरुभएपछि रहस्यमय ढङ्गले कानूनी दायरामा आएकाे छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।