Logo

सुनसरीमा प्रतिबन्धित लागूऔषध सहित एक पक्राउ

                     
Logo 2020-09-08 04:09     अभिमन्यु अभिजित

13

सांकेतिक तस्वीर

विराटनगर । भदाै २३

सुनसरीकाे कोशी गाउँपालिका ३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी प्रतिबन्धित लागूऔषध सहित साेमबार पक्राउ परेका छन् ।

साेमबार दिउँसाे ३ बजे कोशी गाउँमै झोलामा बोकी हिडेकाे अवस्थामा मन्सुरीलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध फेला परेको थियाे । मन्सुरीले बोकेको झोला खोलेर हेर्दा ५० बोतल DIALEX-DC५०० ट्याब्लेट Nitrosun र २८८ क्यापसुल SPASMO-PROXYVON लगायत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएकाे छ ।

पक्राउ परेका मन्सुरीउपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?